समाचार

झन्डै १० महिनादेखि बालुवाटारस्थित सरकारी निवासबाटै काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि रहेको सिंहदरबारबाट आफ्नो नेतृत्वमा सरकार बनेको तीन वर्ष पुगेको अवसरमा सम्बोधन गरे। त्यसअघि उनले सिंहदरबारमा पुनर्निमाण सम्पन्न भएका तीनवटा मोहडाको उद्घाटन गरेका थिए। कोरोनाभाइरसको महामारीपछि लागु गरिएको लकडाउनका कारण प्रधानमन्त्री ओलीले गत वर्ष चैत महिनादेखि धेरैजसो काम बालुवाटारबाटै गर्दै आएका छन्। सामान्य अवस्थामा पनि निवासबाटै काम गर्ने गरेको आरोप खेप्दै आएका ओलीले कोभिड-१९ को सन्त्रासपछि सरकारी र पार्टीका बैठकहरू बालुवाटारस्थित सरकारी निवासबाटै जारी राखे।

Popular Posts